समाज

बिर्तामोडमा चेनगेटले किच्दा घाइते बालकको मृत्यु

By admin

December 03, 2024

झापा । फलामको चेनगेटले किच्दा बिर्तामोडमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भइ बिर्तामोडमा बस्दै आएका ३ वर्षीय बालक रहेका छन् ।

 

प्रहरीका अनुसार इलाम देउमाई नगरपालिका ८ घर भइ हाल बिर्तामोड नगरपालिका १ बुद्धचोकस्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईका अन्दाजी ३ वर्षीय छोरा दिवाहाङ राईलाई खेल्ने क्रममा मंसिर १३ गते साँझ ७ बजे फलामको चेनगेटले किचेको थियो ।

 

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड ल्याइ उपचार भइरहेकोमा सोमबार दिउँसो ३ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।