समाज

पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः एकराज गिरी

By admin

December 14, 2024

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः एकराज गिरी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा आफ्ना तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै गिरी अत्यधिक मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

 

गिरी १३१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु डिकेश लामा र राजेन्द्र गौतमले ३४–३४ मत ल्याएका छन् भने टीकाराम नेपाल नेतीले मात्र ४ मत पाएका छन् ।

 

त्यस्तै उपाध्यक्षमा सुब्रत न्यौपाने १२२ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी गणेशमान मुखियाले ८१ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा विनिता गौतम निर्वाचित भएकी छन् । उनले १०६ मत ल्याउँदा सुशिला संग्रौलाले ८९ मत पाएकी छन् । सचिव पदमा भने प्रदीप परियार र राजु पाठकले बराबरी ९९-९९ मत ल्याएका छन् ।

 

त्यस्तै सहसचिव (समावेशी)मा १११ मतसहित तिलक तामाङ योञ्जन निर्वाचित हुँदा उनका प्रतिष्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत ल्याएका छन् । कोषाध्यक्षमा मुक्तिनाथ पौडेल ९९ मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरेका छन् ।

 

खुल्ला सहसचिवमा भने यसअघि नै रमेश तिवारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै खुल्ला सदस्यमा अस्मिता साँखी १४८, इशा प्रधान १३५, स्वस्तिका आचार्य १३३, विनोद पाण्डे १३३, द्रोण अधिकारी १२८, सुदिप अधिकारी १२६, दिपेश राजवंशी ११७, देवेन्द्र प्रसाई ९५ र भूमिराज पराजुली ९४ मतसहित निर्वाचित भएका छन् ।

 

त्यस्तै महिला सदस्यमा भूकुमारी लिम्बू निर्वाचित भएकी छन् । उनले ११२ मत ल्याउँदा उनका प्रतिष्पर्धी सविना लिम्बूले ७८ मत पाएकी छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा इन्द्रबहादुर राई ११० मतसहित निर्वाचित हुँदा नरेश गुरुङले ७१ मत पाएका छन् ।

 

त्यस्तै मधेसी सदस्यमा सन्तोष शर्मा १०० मतसहित निर्वाचित हुँदा मनकुमार शर्माले ९१ मत ल्याएका छन् । दलित सदस्यमा मनकुमार गदाल निर्विरोध भएका थिए । त्यस्तै केन्द्रीय परिषद सदस्य खुल्लामा विष्णु सुब्बा १०१ र अर्जुन कार्की ८९ मतसहित निर्वाचित भएका छन् । सो पदमा उम्मेद्वारी दिएका पर्वत पोर्तेलले ६४, होमप्रकाश अधिकारीले ५६ , नेत्रविक्रम बिमलीले ३७ र कमन देवानले २८ मत ल्याएका छन् ।

 

यसअघि आदिवासी जनजाति र महिलामा क्रमशः विशाल नेम्बाङ र लीला अनमोल निर्विरोध भएका थिए । १३ जना प्रदेश परिषद सदस्य पनि निर्विरोध भएका थिए । २२० जना सदस्य रहेको झापा शाखामा २०५ जनाले मतदान गरेका थिए ।