समाज

बुद्धशान्तिका प्रजित तामाङ ब्राउन सुगरसहित पक्राउ

By admin

December 17, 2024

झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बुद्धशान्तिका एक जना युवालाई पक्राउ गरेको छ ।

 

हिजो दिउँसो ४ः३० बजे मेचीनगर ६ पुरानो मेची पुलमा २ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति २ बस्ने २१ वर्षीय प्रजित तामाङ पक्राउ परेका हुन् ।

 

शंका लागेर चेकजाँच गर्दा उनले मुखमा राखी लुकाई ल्याउँदै गरेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।