समाज

ब्राउन सुगरसहित दमकका तीन युवा पक्राउ

By admin

December 18, 2024

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा दमकका तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरु दमक नगरपालिका १ नम्बर वडाका छन् ।

 

सीमावर्ती झापा गाउँपालिका वडा नम्बर ४ मा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक १ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी र २८ वर्षीय सुनिल साह प्लाष्टिकसहित २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

हिजो दिउँसो ३ः१५ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सुनिल साहले प्लाष्टिकसहितको ब्राउनसुगर खेतमा फालेका थिए । तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।