खेलकुद

जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि

By admin

December 21, 2024

काठमाडौँ । लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो ।

 

जनकपुरले १८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १०५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो ।

 

मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए ।