खेलकुद

फाल्गुनन्द गोल्डकपः मच्छिन्द्र र एनआरटी खेल्दै

By admin

December 28, 2024

फिदिम । यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपमा चिरपरिचित प्रतिद्वन्द्वी न्यू रोड टिम (एनआरटी)ले मच्छिन्द्र एफसीसँग आज प्रतिस्पर्धा गर्दैछ ।

 

फिदिम माविको मैदानमा फाइनल प्रवेशका लागि दुवै टोलीले अन्तिम सेमिफाइनलमा स्थान बनाएका हुन् । मच्छिन्द्रले सुनसरीको न्यू स्टार क्लबलाई ६-२ गोलअन्तरले पराजित गरेर अन्तिम चारमा उक्लिएको हो ।

 

यस्तै, एनआरटीले मधेश प्रदेशको सलहेश युवा क्लबलाई टाइब्रेकरमा ५-४ गोलअन्तरमा पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो । ९० मिनेटमा गोलरहित छिनोफानो नभएपछि टाइब्रेकर भएको थियो ।

 

हिजो भएको खेलबाट चर्च ब्वाइज युनाइटेड उपाधि नजिक पुगिसकेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३१ गोलअन्तरले पराजित गरेर चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

 

फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको यस गोल्डकपको विजेताले नगद १० लाख ५५५ र उपविजेताले ५ लाख ५५५ सहित ट्रफी पाउने छ । गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटी प्राप्त गर्नेछ ।