खेलकुद

फाल्गुनन्द गोल्डकपको फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज खेल्दै

By admin

December 30, 2024

फिदिम । यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको उपाधि रक्षाका लागि आज लिग लिडर चर्च ब्वाइज र ए डिभिजन क्लब मच्छिन्द्र एफसी आमने सामने हुँदैछन् ।

 

फिदिम माविको मैदानमा एनआरटीलाई १-० गोलले पराजित गरेको मच्छिन्द्रले झापा कपको च्याम्पियन, इलाम गोल्डकपको उपविजेता चर्च ब्वाइजसँग फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

 

यो सिजनको पहिलो भेटमा मच्छिन्द्रले पहिलो उपाधि रक्षा गर्ने दाउमा रहेको छ भने दोस्रो उपाधिका लागि चर्च ब्वाइज तयार रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताएका छन् ।

 

फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको उपाधि विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउने छ । जसले उपाधि रक्षा गरे पनि गाेल्डकपले नयाँ च्याम्पियन पाउने छ ।