खेलकुद

पर्सिदेखि भरौल भेट्रान गोल्डकप हुँदै

By admin

January 05, 2025

कालाबञ्जार (सुनसरी) । बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जार स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको खेलमैदानमा पर्सि (२३ गते)देखि तेस्रो अन्तराष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

 

कालाबञ्जारमा आयोजित पत्रकार सम्मेलनमा भरौल भेट्रान फुटबल क्लबका अध्यक्ष तथा पूर्व खेलाडी विमल कार्कीले प्रतियोगिताको जानकारी गराउँदै कुल अनुमानित बजेट १२ लाख ५० हजार रहने बताए।

 

उनका अनुसार प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहने छ। पुस २७ गते हुने फाइनल खेलको विजेता टिमले नगद १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेता हुने टिमलाई नगद ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिता सफल बनाउन स्थानीयस्तरमा व्यापक तयारी भइरहेको जनाइएको छ। आयोजकका अनुसार प्रतियोगिताले क्षेत्रीय खेलकुदको प्रवर्द्धन गर्नका साथै स्थानीय खेलाडीलाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

 

कालाबञ्जारबासीका लागि यो प्रतियोगिता मनोरञ्जनका साथै फुटबलप्रति आकर्षण बढाउने महत्वपूर्ण अवसर बन्ने अपेक्षा आयोजकले गरेको छ।