खेलकुद

अर्जुनधारामा लिम्बूनी ठूली मेमोरियल कप हुने

By admin

January 09, 2025

अर्जुनधारा। च्यारिटी युथ क्लब अर्जुनधारा झापाको आयोजनामा माघ अन्तिम सातादेखि लिम्बूनी ठूली मेमोरियल कप फुटबल प्रतियोगिता हुने भएको छ ।

 

अर्जुनधारा ३ खुदुनाबारीस्थित कैदलेमा रहेकाे प्राकृतिक रंगशालामा आउँदो माघ २७ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता सञ्चालनको तयारी गरिएको क्लबले जनाएको छ ।

 

प्रतियोगितामा पूर्वी नेपालका ८ वटा फुटबल क्लबहरुले सहभागिता जनाउने आयोजक क्लबका पूर्व अध्यक्ष दिपक दुलालले जानकारी दिए । उनका अनुसार झापा, मोरङ, सुनसरी र इलामको टिम प्रतियोगितामा सहभागी बन्नेछ ।

 

अमेरिकामा बसोबास गर्दै आएकी स्वर्गीय लिम्बूनी ठूलीको छोरा बबी सुब्बालगायात सम्पूर्ण सुब्बा परिवारले प्रतियोगिताको प्रायोजन गर्ने आयोजकले जानकारी दिएको छ ।

 

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ र उपविजेताले नगद ७७ हजार ७७७ सहित ट्रफी पाउने छन् । अन्य विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमबाट हुनेछ ।