समाज

झापाको शिवसताक्षीमा ब्राउन सुगरसहित एक दम्पती पक्राउ

By admin

January 10, 2025

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको शिवसताक्षी नगरपालिकामा एक दम्पती पक्राउ परेका छन् ।

 

हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी नगरपालिका ११ स्थित मिलनकुमार राईको घरमा दमक ४ फुलबारी टोल बस्ने २६ वर्षीय सरुप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगरले ब्राउनसुगर लुकाइराखेकाे अवस्थामा पक्राउ परेका हुन् ।

 

घर खानतलासी लिँदा घरभित्र रहेको टेबलमाथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।