समाज

अर्जुनधारा जेसीजको १२औँ अधिवेशन सम्पन्न

By admin

January 11, 2025

शनिश्चरे । अर्जुनधारा जेसीज शनिश्चरेको १३औँ वार्षिक साधारणसभा तथा १२औँ शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । यस शाखाले एक वर्षकाे अवधिमा ४२ वटा सामाजिक कार्य गरेकाे जानकारी दिइयाे ।

 

अर्जुनधारा जेसीज वर्ष २०२४ का अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षता तथा अर्जुनधारा ७ नम्बर वडा अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा जेसीज भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रम संयोजक वेदनारायण थापा गोदारको स्वागत रहेको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम कुँवर, जेसीजका संस्थापक महासचिव कुमार भट्टराई, वर्ष २०१५ का अध्यक्ष दिपिन राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

जेसीजकी कार्यकारिणी उपाध्यक्ष विमला भट्टराईले आस्था वाचन गराएको यसै शाखा अधिवेशनले सन् २०२५ का लागि नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।