खेलकुद

झापा एफसीको मुख्य प्रशिक्षकमा झापाका प्रवेश कटवाल

By admin

January 14, 2025

बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी क्लब झापा एफसीले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ ।

 

ए डिभिजन लिग क्लब मच्छिन्द्रलाई लगातार दुईपल्ट उपाधि दिलाएका झापा बिर्तामोडका उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्लबले मंगलबार जानकारी दिएको हो ।

 

कम्पनीमा दर्ता भएको झापा एफसी झापा बाह्रदशीको क्लब हो । एनएसएलको तेस्रो सिजन आगामी चैत १६ (मार्च २९) देखि सुरु हुँदैछ ।

 

चौधरी ग्रुपनिकट कम्पनी नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्वीकृति लिएर अगाडि बढाएको एनएसएलको पहिलो सिजन २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो ।

 

उक्त सिजन सात क्लबले मात्रै खेलेका थिए। दोस्रो सिजन २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म सञ्चालन हुँदा थप तीन टोलीलाई समावेश गरिएको थियो । नौ टोली खेल्दा झापाले पाँचौँ स्थानमा रहेर सिजन समाप्त गरेको थियो ।