समाज

आशिका तामाङ प्रहरी नियन्त्रणमा

By admin

January 15, 2025

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो काठमाडौंको गौशालाबाट तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।

 

एसपी अधिकारीका अनुसार सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि पछिल्लो समय उनले अभियन्ताका रूपमा प्रहरीलाई समेत अभद्र शैलीमा प्रश्नउत्तर गरेका भिडियोहरू सार्वजनिक भएका थिए ।

 

उनले सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, पार्किङ शुल्क लगायतका विषयमा सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आएकी थिइन् । तामाङले सामाजिक अभियन्ता र सक्रिय कार्यकर्ताका रूपमा आफ्नो परिचय दिंदै आएकी छन् । इकान्तिपुरबाट