समाज

अर्जुनधारा नगरमा ११ वर्षदेखि कार्यरत चालक निरौलाको विदाई

By admin

January 27, 2025

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा विगत ११ वर्षदेखि कार्यरत हलुका सवारी चालक लिलाकुमार निरौला (महेश)लाई एक कार्यक्रमका बीच सरकारी सवारी चालक ऐसोशिएसन नेपालले विदाई गरेको छ ।

 

एशोसिएशन अर्जुनधारा एकाइ कमिटीका संयोजक नरेन्द्र अधिकारीको अध्यक्षतामा नगरपालिकामा आयोजित एक संक्षिप्त कार्यक्रममा निरौलालाई विदाई गरिएको हो । एशोसिएशनका सहसचिव कर्णलाल शाहको प्रमुख आतिथ्य रहेको थियो ।

 

एशोसिएशनका सदस्य तथा अर्जुनधाराका सल्लाहकार राजकुमार परियारलगायतले वैदेशिक रोजगारीको सिलसिलामा माल्टा जाँदै गरेका सहकर्मी निरौलालाई सफलताको शुभकामना दिएका थिए ।

 

कार्यक्रममा कमिटीका सदस्यहरु दामोदार दाहाल, पुष्प दनुवार, टेकबहादुर सार्की, बेगेन्द्र राई, बलराम दनुवार, धनबहादुर तामाङ, सुबास तामाङ र आशिष राईको उपस्थिति रहेको थियो ।