शिक्षा

अर्जुनधाराको रुपरत्न स्कुलमा विदाई तथा स्वागत कार्यक्रम

By admin

February 06, 2025

शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास गरेका विद्यार्थीलाई बिहीबार विदाइ गरेको छ ।

 

कक्षा १२ का पासआउट भएका ३१ जना विद्यार्थीहरुलाई विदाई गरिएको हो । यसैगरी, कक्षा ११ मा भर्ना भएका ५७ जना नवआगन्तुक विद्यार्थीहरुलाई सोही कार्यक्रममा स्वागत गरिएको थियो ।

 

विद्यालयकी संयोजक नम्रता गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अग्रज शिक्षक नारायण पौडेलले उद्घाटन गरेका थिए । पासआउट हुने विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाई र नवआगन्तुक विद्यार्थीहरुलाई खदा ओढाएर कार्यक्रममा स्वागत गरिएको थियो ।

 

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले सामुहिक नृत्य एवम् शिक्षक सुरेन्द्र अधिकारीले साहित्य सामग्री प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थी अविरल खनाल (३.२७)लाई सम्मान गरिएको थियो । कार्यक्रमा युना र निशान, चन्दा र साथीहरू तथा गुराँस जवेगुले नृत्य प्रस्तुत गरेकी थिइन् ।

 

शिक्षक जीवन लिम्बूले विद्यालयको विभिन्न गतिविधिबारे जानकारी तथा विद्यार्थी चाँदनी सञ्जेलले आफ्नो अनुभव प्रस्तुत गरेको कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थी कमलप्रसाद डाँगीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक प्रेम खड्काले गरेका थिए ।