बिर्तामोड । मोटरसाइकल दुर्घटनामा परी बिर्तामोड ५ का २४ वर्षीय सुमित साहको मृत्यु भएको छ । आज दुर्गापुरबाट खुदनाबारी जाने भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा साहसहित मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
उनीहरुको उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा सुमितलाई साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ साह घाइते भएका छन् । घाइतेको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।