समाज

झापाको संदिग्ध ७ स्थानमा प्रहरीकाे ‘डग स्निफिङ’

By admin

February 14, 2025

झापा । बढी अपराध हुने गरेको झापाको संवेदनशील स्थानको खोजी र पहिचानका लागि डग स्निफिङ (कुकुर परिचालन) गरिएको छ । विशेष गरेर दमक, बिर्तामोड र मेचीनगरको सात ठाउँमा खोजी र पहिचानका लागि कुकुर परिचालन गरिएको हो ।

 

कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट खटिएको कुकुरसहितको टोलीले झापा जिल्लामा बढी अपराध हुन सक्ने आँकलन गरिएका स्थानहरुमा डग स्निफिङ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी विजय चौहानले बताए ।

 

उनले दमक ५ को गोर्खा डिपार्टमेन्ट क्षेत्र, वडा नं ६ को बसपार्क, वडा नं ७ को एरियाहरु हुँदै बिर्तामोड ४ को पश्चिम बस स्टेन्ड, वडा नं ६ को गिरीबन्धु टि-इस्टेटको क्षेत्र, मेचीनगर ६ को बसपार्क र मेची पुलको एरियामा डग स्निफिङ गरिएको प्रहरी निरीक्षक चौहानले जानकारी दिए ।

 

विभिन्न आपराधिक गतिविधिहरु, लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग पुग्ने उद्देश्यले डग स्निफिङ गरिएको जनाइएको छ । त्यस कार्यमा विष्फोटक पदार्थ खोजी गर्ने रेन्जर र लागूऔषध खोजी गर्ने पिंकु नाम गरेका दुईवटा कुकुर परिचालन गरिएको थियो ।