शिक्षा

शनिश्चरे माविको ७७औँ वार्षिकोत्सव सम्पन्न

By admin

February 15, 2025

शनिश्चरे । झापाको दोस्रो पुरानो विद्यालय शनिश्चरे माविको शुक्रबार ७७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

 

प्रदेश सांसद चिन्तन पाठकले उद्घाटन गरेको वार्षिकोत्सवमा विद्यार्थीहरुले परेड प्रदर्शनसँग सलामी अर्पण गरेका थिए । प्रदेश सांसद पाठकले प्रदेशस्तरीय नुमना विद्यालय शनिश्चरेको सर्वांगिङ विकासका लागि पहल गर्ने बचन दिएका छन् ।

 

यसैगरी, यसै विद्यालयका पूर्वविद्यार्थी सशस्त्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीले पनि विद्यालयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

 

हरिविलास वन स्मृति अक्षयकोषबाट १६ जना, खगेन्द्र-विभा वृत्ति कोषबाट २ जना, लोकनाथ-हेमकला वृत्ति विकास कोषबाट २ जना, रुद्र-तोरण स्मृति कोषबाट २ जना, छत्र थापा स्मृति कोषबाट २ जना र विशजु-सेमन्ता कोषबाट १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

 

सोही कार्यक्रममा राष्ट्रपति रनिङ शिल्डमा विजेता बन्ने खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । यसअघि सम्पन्न अर्जुनधारा नगरस्तरीय प्रतियोगितामा शनिश्चरे मावि प्रथम भएको थियो ।