खेलकुद

मैत्रीपूर्ण खेलमा फिदिम भेट्रान्स विजयी

By admin

March 07, 2025

इलाम । दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामाा फिदिम भेट्रान्स विजयी भएको छ ।

 

इलामको ठूलो टुँडिखेलमा आज भएको खेलमा फिदिमले इलाम जिल्ला फुटबल संघको भेट्रान्स टोलीलाई ४-३ गोलअन्तरले पराजित गरेको हो ।

 

फिदिमको जितमा व्यक्तिगत दुई गोल गरेका त्रिभुवन आर्मी फुटबल क्लबका सहप्रशिक्षक योद्धा शाही प्लेयर अफ दी म्याच बने । उनलाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नगद २ हजार प्रदान गरे । इलाम जिल्ला फुटबल संघले मैत्रीपूर्ण भेट्रान्स फुटबल खेलको आयोजना गरेको हो ।