खेलकुद

मच्छिन्द्र एफसी पाँचथर गोल्डकपको सेमिफाइनलमा

By admin

March 10, 2025

पाँचथर । मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप को सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँकै हिमालयन शेर्पा क्लबलाई पहिलो चरणमै रोक्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो ।

 

फिदिम माविको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा मच्छिन्द्रले हिमालयनलाई २-१ गोलले पराजित गरेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । शेर्पाको लागि सुजन स्याङतानले गोल फर्काएका थिए ।

 

खेलमा हिमालयन शेर्पाले गोलको केही अवसर बनाएको थियो। तर, शेर्पाले पाएको मौकालाई सदुपयोग गर्न सकेन। २७औं मिनेटमा विदेशी खेलाडी स्टेफिन गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रिकिकबाट आएको प्रहारलाई स्टेफिनले गोलमा परिणत गरेका हुन् ।

 

यस्तै, ३०औं जय गुरुङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए। जयले शेर्पाका ३ डिफेन्डरलाइ विट गर्दै गोल गरेका थिए । यस्तै, खेलको ९० मिनेटमा सुजन स्याङतानले गोल गरे पनि शेर्पा खेलमा फर्किन सकेन । मच्छिन्द्रका विशाल घलान प्लेयर अफ दि म्याच चुनिए । उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

 

भोलि मंगलबार नेपाल पुलिस क्लबविरुद्ध नमो बुद्ध फुटबल क्लब सप्तरीले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।