समाज

इलामममा ४ रोपनी अफिम खेती नष्ट

By admin

March 21, 2025

इलाम । प्रहरीले लागुऔषध नियन्त्रण गर्न अफिम खेती नष्ट गरिरहेको छ । इलामको फाकफोकथुम लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

 

फाकफोकथुम ३, सल्लेरीका विभिन्न स्थानमा लगाइएको करिब चार रोपनी अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मंगलबारे इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टर मोहनलाल आँगा श्रेष्ठको कमान्डमा, प्रहरी चौकी आमचोकबाटसमेत गएकोे प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी मानबहादुर राईका अनुसार इलाममा लागुऔषधसहित पक्राउ पर्नेको संख्या निरन्तर बढ्दो छ । लागुऔषध नियन्त्रण गर्न प्रहरीले सचेतना अभियान पनि जारी राखेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् ।

 

यी मुद्दामा २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको डिएसपी राईले बताए । पक्राउ परेका यी व्यक्तिबाट १९ ग्राम चार सय मिलिग्राम ब्राउनसुगर, ८१६ ग्राम गाँजा र चार पता नाइट्रोजन ट्याब्लेट बरामद गरिएको राईले जानकारी दिए ।