समाज

बसमा यात्रारत गछियाकी कुमारी चेम्जोङको मृत्यु

By admin

March 21, 2025

झापा । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ । बसमा सवार मोरङ गछियाकी कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो ।

 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५ः५० बजेतिर झिलझिले आइपुगेपछि बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपश्चात् बिर्तामोडको बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । दीर्घ रोगका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।