समाज

हराइरहेकी इलामकी विमलाको शव गाडिएको अवस्थामा फेला

By admin

March 28, 2025

इलाम। १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा आज फेला परेको छ । उनको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १ गतेदेखि बिमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निवेदन दिएका थिए ।

 

अनुसन्धानको क्रममा विमलालाई हत्या गरी फाकफोकथुम वडा नम्बर २ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य गरेको हो ।