खेलकुद

एनएसएलमा काठमाण्डौ र ललितपुरले अंक बाँडे

By admin

March 30, 2025

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्सले उद्घाटन खेलमै अंक बाँडेका छन् ।

 

दुवै टोलीले २-२ गोलको बराबरी खेलेका हुन् । हिजो त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालमा भएको पहिलो खेलमा ललितपुरले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । तर, खेलको दोस्रो हाफमा काठमाण्डौले दुई गोल गरेर खेलमा फर्कियो ।

 

योसँगै दुई टोलीले एक-एक अङ्क बाँडेका छन् । आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुका ६ बजे शुरु हुनेछ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।