समाज

धनकुटाबाट तीन क्विन्टल गाँजासहित एकजना पक्राउ

By admin

April 02, 2025

भेडेटार । धनकुटाको साँगुरीगढी गाउँपालिका ६, काम्फेकस्थित भेडेटार-रवि-राँके सडकखण्डबाट प्रहरीले तीन क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 

मंगलबार राति चेकजाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

 

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा कारभित्र कालो प्लास्टिकले बेरेर पोका पारेको १० पोका गाँजा बरामद गरेको जनाइएको छ । ३० केजीको दरमा दस वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले बताए ।

 

गाँजासहित कारमा सवार मोरङ जिल्ला विराटनगर महाननगरपालिका १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । कार चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीको भनाइ छ।