खेलकुद

बी डिभिजन लिगः झापा फुटबल क्लबको पहिलो जित

By admin

April 03, 2025

काठमाडौं। सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा झापा २-० ले विजयी भएको हो। जितसँगै झापाले चार खेलबाट चार अंक पुर्‍याएको छ। झापा आठौँ स्थानमा उक्लिएको छ।

 

सरस्वतीको भने यो दोस्रो हार हो। यसअघि टुसाल युथ क्लबसँग सरस्वती १-० ले पराजित भएको थियो। झापाको जितमा प्रदीप बूढाथोकी र राजेश दाहालले गोल गरे।

 

प्रदीपले ११औं मिनेटमा गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाए। निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा राजेशले अर्को गोल गर्दै झापाको जित पक्का गरे । लगतार दोस्रो पराजय बेहोरेको सरस्वती सामान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।