खेलकुद

अर्जुनधारा २ वडास्तरीय टि-२० क्रिकेटको सेमिफाइनलमा

By admin

April 04, 2025

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो क्वार्टर फाइनल खेलबाट वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्पर्धी वडा नम्बर १ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको हो। अर्जुनधारा ७ स्थित अर्जुनधारा रङ्गशालामा आज भएको पहिलो खेलमा अर्जुनधारा २ ले सानदार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

 

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अर्जुनधारा १ ले १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २५ रनमात्रै जोड्न सक्यो। २६ रनको झिनो लक्ष्य पाएको अर्जुनधारा २ ले ४ ओभर १ बलमा दुई विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्यो।

 

उत्कृष्ट प्रदर्शन गरेका अर्जुनधारा २ का खेलाडी मिलन लामिछाने खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजार पुरस्कार पाए।

 

आजै हुने दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ विरुद्ध सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वार्टर फाइनल खेल करिब १२ बजे सुरु हुनेछ ।