अर्जुनधारा । यहाँ जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा आज भएको खेलबाट अर्जुनधारा वडा नम्बर ८ को टिम सेमिफाइनलमा प्रवेश गरेको छ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको अर्जुनधारा ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ ले सेमिफाइनलमा स्थान बनाएको हो।
अर्जुनधारा ७ स्थित खेलमैदानमा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङ गरेको ९ नम्बर वडाले १५ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिको थियो।
वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले १३ रन खर्चिएर तीन ओभरमा ३ विकेट लिए । ५६ रनको लक्ष्य पाएको वडा नम्बर ८ ले आठ ओभरमै लक्ष्य प्राप्ति गर्यो। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का भुवन सन्जेल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले नगद १ हजार पुरस्कार पाए।
उनलाई अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेती, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको फाइनल खेल चैत्र २५ गते हुनेछ। फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित र ट्रफी प्राप्त गर्नेछ ।
प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले आकर्षक बाइसाइकल प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्टर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३-३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।