खेलकुद

बुट्टाबारी युनाइटेड सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

By admin

April 10, 2025

इलाम । बुट्टाबारी युनाइटेड यहाँ जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथर एफसीमाथि सानदार जित दर्ता गर्दै बुट्टाबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

सात खाल्डे सहिद खेल मैदानमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा बुट्टाबारीले पॉचथरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बुट्टाबरीको जितमा सागर रसाइली, उत्तम लिम्बू र भुपाल मगरले एक एक गोल गरे । पॉचथरका लागि विदेशी खेलाडी फोफोनाले सान्त्वना गोल फर्काए ।

 

खेलको प्लेयर अफ दि म्याच बुट्टाबारीका किस्मत लिम्बू घोषितहुँदै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । भोलि शुक्रबार पहिलो सेमिफाइनलमा डॉगीहाट फुटबल क्लब मोरङ र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

 

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउनेछ ।