तेह्रथुम । आठराई गाउँपालिकास्थित संक्रान्तिमा जारी मदन मेलामा पुरूष फुटबलतर्फ आज प्रि-क्वाटरफाइनलका पॉच खेल सम्पन्न भएका छन् । जसमा जिरिखिम्ती, आठराई, तमु, पाहिम समाज र जलजले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा जिरिखिम्ती युवा क्लबले आठराई गाउँपालिका ४ इवालाई ६-० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । खेलको प्लेयर अफ दि म्याच ज्ञानेन्द्र भण्डारी घोषित भए ।
दोस्रो खेलमा आठराई गाउँपालिकाले किन्ताङ एफसी धनकुटालाई ३-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको प्लेयर अफ दि म्याच रोशन इङनाम घोषित भए ।
यस्तै, तेस्रो खेलमा तमु ह्युल छोज धिँले आठराई ६ नम्बर वडा चुहानडॉडालाई १-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको प्लेयर अफ दी म्याच विवेक सुनाम बने । चौथो खेलमा पाहिम समाजले आठराई गाउापालिका वडा नम्बर ५ छातेढुंगालाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । खेलको प्लेयर अफ दी म्याच आरेहाङ लिम्बू बने ।
त्यसैगरी पॉचौ खेलमा मुनाल क्लब जलजलेले टाइब्रेकरमा ४-२ गोलअन्तरले हिलिहाङ पॉचथरलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिइएको हो । खेलको प्लेयर अफ दि म्याच मुनालका नाम्लाङ लिम्बू घोषित भए ।
१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफी पाउँदा उपविजेताले १ लाख ३० हजार ५५५ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
यसैगरी, ६ टिम सहभागी रहेको खुल्ला महिला फुटबलको विजेताले नगद ८० हजार ५५५ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।