खेलकुद

मदन मेलाः तमु ह्युल र फेदाप सेमिफाइनल प्रवेश

By admin

April 18, 2025

तेह्रथुम । आठराई गाउँपालिकाको संक्रान्ति बजारमा मदन मेला २०८२ को अवसरमा आयोजित पुरूष फुटबलतर्फ तमु ह्युल छोँज धि आठराई र महिलातर्फ फेदाप गाउँपालिका तेह्रथुम सेमिफाइनल प्रवेश गरेका छन् ।

 

आज भएको पहिलो क्वाटर फाइनल खेल तमु ह्युल छोँज धिले जिरिखिम्ती तेह्रथुमलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो। यस्तै, महिलातर्फ फेदाप गाउँपालिकाले मेरिङदेन ताप्लेजुङलाई २-० ले पराजित गर्दै समेफाइनलमा स्थान पक्का गरेको हो ।

 

यसअघि सम्पन्न खेलहरूमा गिरी समाजले आठराई ३ ह्वाकूलाई ५-० गोलले पराजित गर्यो भने सोधुङ सेन्दाङले फोम्बो समाजलाई २-० गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ ।

 

यस्तै, म्याङलुङ स्पोर्टिङ क्लबले बुढानिलकन्ठ लिसिबुङलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेका छन्। महिला तथा पुरूषतर्फका बॉकी क्वाटरफाइनल खेलहरू वैशाख ७ गते हुने खेल तालिका रहेको छ ।

 

१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ र उपविजेताले १ लाख ३० हजार ५५५ रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

यस्तै, ६ टिम सहभागी रहेको खुल्ला महिला फुटबलको विजेताले नगद ८० हजार ५५५ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।