खेलकुद

पाँचथरमा एन्फा रेफ्री कोर्ष सुरु

By admin

May 06, 2025

फिदिम । पाँचथर सदरमुकाम फिदिममा प्रदेशस्तरीय एन्फा आधारभूत रेफ्री कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्री कोर्षको आयोजना गरेको हो ।

 

वैशाख ३० गतेसम्म सञ्चालन हुने कोर्षमा प्रदेशका विभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा पाँचथरबाट २२ जनाको सहभागिता रहेको छ । कोर्षमा २ जना महिलाको सहभागिता रहेको छ ।

 

प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान दिइनेछ भने फिटनेससम्बन्धि प्रशिक्षण गराइने छ । उक्त दुवै परीक्षामा उत्तीर्ण हुनेलाई एन्फा रेफ्री ब्याच प्रदान गरिने छ ।

 

उक्त कोर्षको टेक्निकलसम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री मधुसुधन खनाल, रोजिन श्रेष्ठ, सचिन अमात्यले दिनेछन् भने फिटनेससम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री शैलेस जोशी र रोजिन श्रेष्ठले दिनेछन् ।