अर्थ बजार

बिर्तामोडकाे साङ्केन क्रिएसनमा किराती भेषभुषा पाइने

By admin

May 07, 2025

बिर्तामोड । अत्यधिक माग भए पनि सहजरुपमा उपलब्ध नहुने किराती पहिचान झल्काउने पहिरन अब झापाको बिर्तामोडमा एकैथलोमा  उपलब्ध हुने भएको छ ।

 

बिर्तामोडको हिकोला रोडमा साङ्केन क्रिएसन सञ्चालनमा आएसँगै अब यसको उपलब्धतामा सहजता आएको छ । किराती पहिचान झल्कने सम्पूर्ण जातजातिका भेषभूषा, गरगहना, बाजागाजा तथा खाद्यान्न सामग्री पाइने साङ्केन क्रिएसन सञ्चालनमा आएको हो ।

 

काठमाडौंमा १० वर्ष अघिदेखि सञ्चालनमा रहेको साङ्केन क्रिएसनले बिर्तामोडमा शाखाको रुपमा स्थापना गरेको सञ्चालक गौरीमान राईले जानकारी दिए । उक्त पसलको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले उद्घाटन गरे ।

 

किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन हाम्रो सान भन्ने मुख्य नारासहित स्थापना भएको क्रिएसनमा किरातहरुको धर्म र संस्कृतिसँग सम्बन्धित सम्पूर्ण सामग्री उपलब्ध रहेको सञ्चालक राईले बताए । उनले मागअनुसार क्रिएसनबाट होम डेलिभरी र अनलाइन अर्डरको सुविधा रहेको जानकारी दिएका छन् ।

 

विशेष गरेर यस्ता सामग्रीको बढी इलाम र भारतको दार्जीलिङ, सिक्किममा बढी रहेको सञ्चालक राईले बताए । उनका अनुसार ठूल्ठूला मेला तथा महोत्सवमा यस्ता सामग्रीको बढी बिक्री हुँदै आएको छ ।

 

सञ्चालक राईका पिता शेरबहादुर राईको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपाने, किरात राई यायोख्या झापाका अध्यक्ष गणेश राईले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, बिरात याक्थुम चुम्लुङ झापा सचिव भीममाया कन्दङ्वा, धार्मिक अभियन्ता सरिता लिङ्देन, सञ्चालक राईकी माता पवित्रा राईलगायतको आतिथ्य रहेको थियो ।