समाज

आज तराईसहित केही ठाउँमा हावाहुरीको सम्भावना

By admin

May 17, 2025

झापा । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।

 

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।