समाज

आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

By admin

May 18, 2025

झापा । हाल देशभर मौसम बदली भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण मौसम खराब छ ।

 

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज मधेश प्रदेशलगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।