समाज

ब्राउन सुगरसहित भद्रपुर र गौरीगञ्जमा ३ जना पक्राउ

By admin

May 18, 2025

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले भद्रपुर र गोरीगञ्जमा तीन जना युवकलाई पक्राउ गरेको छ । आज साँझ ५ः१० बजे भद्रपुर ३ ज्ञानेचोकका आयुष तामाङ पक्राउ परेका हुन् ।

 

स्थानीय आपगाँछीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका साइकलयात्री १७ वर्षीय तामाङ पक्राउ परेका हुन् ।

 

उनीसँग प्रहरीले प्लाष्टिकसहित ९ ग्राम ११०मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याइराखिएको र थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाउने कार्य भइरहेको प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिएका छन् ।

 

यसैगरी, हिजो शनिबार साँझ १६ः२० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ आपगाछी बजार स्थित भित्री सडक खण्डमा भारतबाट तुलाचन चौकतर्फ आउँदै गरेको प्र. १-०२-०४३ प ८२०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारी र बिओपी लालमाटीबाट खटिएको गस्ती टोलीले चेकजाच गरेको थियो ।

 

यस क्रममा मोटरसाइकल पछाडि सवार दमक ३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बूको साथबाट प्लाष्टिकसहित ९ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

मोटरसाइकल चालक कमल गाउपालिका ५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गीलाई पनि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।