समाज

आज देशैभर हावाहुरीसहित वर्षाको सम्भावना

By admin

May 19, 2025

झापा । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार ती ठाउँमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, मकवानपुर, धनुषा, पाल्पा, डोटीलगायतका ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

 

आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।