झापा । झापाको भद्रपुरमा कल्भर्टबाट लडेर एक जनाको मृत्यु भएको छ । भद्रपुर १० बस्ने अन्दाजी ६० वर्षका निगे राईको ९ नम्बर वडास्थित डाँगीबारीको भित्री सडकखण्डमा रहेको कल्भर्टबाट लडेर मृत्यु भएको हो ।
उनी अन्दाजी १० फिट तल लडेर घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । सम्पूर्ण कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई बिहान ८ बजेतिर घरबाट हिँडेका थिए ।