समाज

इलाममा विषाक्त च्याउ खाँदा माङसेबुङका तीन जनाको मृत्यु

By admin

May 25, 2025

इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङगाउँपालिकाको एकै वडाका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु दुई युवती र एक जना पुरुष रहेका छन् ।

 

प्रहरीका अनुसार विषाक्त च्याउ खाँदा माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

 

बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

 

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको भने आज झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।