समाज

सुनसरीमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

By admin

May 26, 2025

इटहरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ फूलचोकमा मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा तीनजना सवार थिए ।

 

आज दिउँसो १२ः५५ बजे फुलचोकस्थित राजमार्ग पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१-०२-००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्र. १-०२-०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा इनरूवा नगरपालिका १० जाल्पापुरका २० वर्षीय सर्फराज अन्सारी र हरिनगरा गाउँपालिका १ का महजित अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरू दुवैको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा इनरुवा १० जाल्पापुरका २० वर्षीय साहेब अन्सारी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

 

ट्याक्टर चालक भोक्राहा नरसिंह गाउँपालिका ३ का ४६ वर्षीय सुब्दीराम चमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए ।