समाज

बिर्तामोडका एल्बिज ब्राउन सुगरसहित पक्राउ

By admin

May 30, 2025

भद्रपुर । झापा बिर्तामोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो बेलुका ८ः४५ बजे उनी भद्रपुरको झापा चोकबाट पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिर्तामोड ४ का २४ वर्षीय एल्बिज बस्नेत रहेका छन् । झापा चोकस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

 

भारतबाट नेपालतर्फ आउँँदै गरेको ग. ११ प ६०९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बस्नेतको साथबाट ब्राउनसुगर फेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।