खेलकुद

आयोजकलाई आरटीएफसी गाेल्डकपकाे उपाधि

By admin

June 08, 2025

झापा । मलेसियाको सेलंगोरमा आयोजित प्रथम आरटीएफसी गोल्डकप नेपाली कम्युनिटी फुटबल प्रतियोगिताको उपाधि आयोजक आरटीएफसीले जितेको छ । साँघुरो गोलअन्तरको जित निकाल्दै आरटीएफसील उपाधि रक्षा गरेको हो ।

 

पानासोनिक स्टेडियममा आइतबार भएको फाइनल खेलमा आयोजक आरटीएफसीले एन-पेनाङ एफसीलाई १-० को गोलअन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

 

विजेता आरटीएफसीले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट र उपविजेता एन-पेनाङले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडलमा चित्त बुझाएको छ ।

 

आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगितामा मलेसियामा रहेका नेपाली कम्युनिटीका कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सहयोग, हौसला र समर्थन दिने सबैलाई आयोजक क्लबका अध्यक्ष राजु तामाङले आभार र धन्यवाद प्रकट गरेका छन् ।