अन्तराष्ट्रिय

भारतमा हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

By admin

June 15, 2025

झापा (एजेन्सी) । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ । मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।

 

भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शनपछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।

 

दुर्घटना भएको हेलिकोप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकोप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।