समाज

विराटनगरमा टिपरको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते

By admin

June 18, 2025

मोरङ । विराटनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएकोे हो। दुर्घटनामा स्कुटर चालक प्रितम बजगाईको अवस्था सामान्य रहेको छ।

 

टिपर र चालक कानेपोखरी गाउँपालिका-३ का कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको छ। विराटनगर महानगरपालिका ३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिँदा सुन्दरहरैँचा नगरपालिका १२ का अन्दाजी ४८ वर्षीय बजगाईंको मृत्यु भएको हो ।

 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को. १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै जाँदै गरेको प्र. १-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईंको अवस्था भने सामान्य छ । उनी सुशीलका छोरा हुन् ।