समाज

अर्जुनधारामा रुखले किचेर एक बृद्धको मृत्यु

By admin

June 21, 2025

खुदुनाबारी (झापा) । दाउरा खोज्न गएका एक व्यक्ति हलुवागढ सामुदायिक वनभित्र मृत फेला परेका छन् । हिजो साँझ ५ बजे अर्जुनधारा १ दखलबस्तीका ७० वर्षीय बलबहादुर बसेलको मृत्यु भएको हो ।

 

दाउरा खोज्न स्थानीय हलुवागढ सामुदायिक वनतर्फ गएको तर घर फर्की नआएपछि आफन्त र स्थानीयहरुले खोजतलास गर्ने क्रममा वन परिसरभित्रै गैरे खोल्सीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

 

आज बिहान ८ः१५ बजे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको टोली घटनास्थल पुगेको थियो ।

 

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली खटिएको थियो ।