अर्थ बजार

टिमाई खोलाबाट अवैध उत्खनन् गर्ने ५ वटा ट्रयाक्टर नियन्त्रणमा

By admin

June 21, 2025

झापा । प्रतिबन्ध लगाइएको अवस्थामा खोलाबाट नदीजन्य वस्तु ओसारपसार गर्ने ५ वटा ट्रयाक्टरलाई झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित टिमाई खोलाबाट अवैधरुपमा ढुंगा ओसारपसार गर्दै गरेको अवस्थामा ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु मे. १ त ५१३५, मे. १ त ७३७२, मे. १ त ७५४३, मे. १ त ५४४६ र मे. १ त २४६१ रहेका छन् । शनिबार बिहान ११ बजेतिर टिमाई खोलाबाट अवैधरुपमा ढुङ्गा ओसारपोसार गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले नियन्त्रणमा लिएकाे थियाे ।

 

उक्त ट्रयाक्टरमाथि आवश्यक कार्वाहीको लागि बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पालिकाहरुले असार १ देखि भदौ अन्तिमसम्म खोलाहरुबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रतिवन्ध लगाएका छन् ।