समाज

कनकाई नहरमा हामफाल्दा बृद्धको मृत्यु

By admin

June 22, 2025

झिलझिले । झापाको शिवसताक्षी ७ बैंङडाँडाका राधाकृष्ण सोडारीले स्थानीय कनकाई नहरमा हामफाल्दा ज्यान गएको छ ।

 

प्रहरीका अनुसार आज (आइतबार) बिहान अन्दाजी ८ः५० बजे घरबाट चौकतिर जाने भनेर निस्केका ७९ वर्षीय सोडारी कनकाई नहरमा हामफालेर बेपत्ता भएका थिए । घरदेखि १ किलोमिटर पश्चिममा वडा नम्बर ७ र ११ को बीचमा उनले हामफालेको प्रहरीलाई आफन्तले खबर गरेका थिए ।

 

तत्काल इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायव निरीक्षक खड्ग गिरीको कमाण्डमा प्रहरीसहित स्थानीय बासिन्दाको सहयोगमा खोजतलास गर्दा ९ः२५ बजे घट्नास्थलबाट अन्दाजी ५ सय मिटर दक्षिणमा सोडारीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाल्े जनाएको छ ।