समाज

सुरूङ्गाबाट १९५ ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ

By admin

June 23, 2025

झापा । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको कन्काईबाट एक महिला पक्राउ परेकी छन् । उनको साथबाट २५० ग्राम गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

 

आज दिउँसो अन्दाजी १२ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले कनकाई नगरपालिका ४ स्थित कृषि मार्ग नमुना टोल बस्ने ४० वर्षीया विमला चौधरीको घरबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

 

चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।