झापा । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
आजदेखि शुरु दोस्रो नगरसभाको सातौँ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विभिन्न शीर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ १४ करोड ७६ लाख प्रस्ताव गरिएको छ ।
यसैगरी, प्रदेश समानीकरणतर्फ १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट १ करोड ४५ लाख १४ हजार, आन्तरिक श्रोततर्फ २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपूरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
दोस्रो नगर सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।