समाज

लागुऔषध मुद्दामा फरार अर्जुनधाराका राजवंशी पक्राउ

By admin

June 24, 2025

झापा । लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधाराका चित्रसिंह राजवंशी छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको फैसला कार्यान्वय टोलीले आज दिउँसो ४१ वर्षीय राजवंशीलाई अर्जुनधारा ५ स्थित बैसाबाडीबाट पक्राउ गरेको हो ।

 

लागुऔषध मुद्दामा झापा जिल्ला अदालतको २०७९ चैत २६ गतेको फैसलाबाट ५ वर्ष कैद र पाच हजार जरिवाना तोकेको थियो । लुकिछिपी बस्दै गरेको अवस्थामा राजवंशीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।